corona

COVID – 19 COMMITTE

आज मिति इस्वी शन २०२० अप्रिल १ तारिखका दिन श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर श्री पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष श्री गोकुल पौडेलको अध्यक्षता र नेपालका लागि क्यालिफोर्नियका अवैतनिक वानिज्यदुत श्री ऋषि पुनाखर ढकालको उपस्थितिमा दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको कन्फरेन्स कल भेलाले विश्वव्यापी संकटको रुपमा देखा परेको नोबल कोरोना भाइरस (कोभिड-१९) संक्रमण र संकटका बीच दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको हितमा कार्या गर्ने गरि श्री पशुपतिनाथ फाउन्डेसन संयोजन रहने गरि श्री पशुपतिनाथ फाउन्डेसनका उपाध्यक्ष श्री रामबाबु पाण्डे संयोजक र श्री बिमल श्रेष्ठ सदस्य सचिव, श्री भिम ढकाल कोषाध्यक्ष रहने गरि सल्लाहाकार सहितको दक्षिण क्यालिफोर्निया नेपाली समुदाय कोभिड-१९  उद्धार समिति गठन गरियो ।

उपस्थिति: श्री पशुपतिनाथ फाउन्डेसनका सदस्य र सुभेच्छुकहरु ।
प्रस्तावना: अमेरिकी केन्द्र सरकार सहयोग सुबिधा,  खाध्य सुरक्षा, संक्रिमित सुरक्षण उपाय, न्युयोर्क नेपाली समुदाय संक्रमित सहयोग, सामाजिक सद्भाव र उत्साह, कार्यदल गठन ।

सल्लाहकार:
श्री वेद भक्त जोशी
श्री ऋषि पुनाखर ढकाल
श्री जित जोशी
श्री डा. शम्भु ढुंगाना
श्री कन्हैया कायस्थ
श्री गोकुल पौडेल
श्री मुकुन्द ढुंगाना
श्री भक्त थापा
श्री राजेन्द्र सिवाकोटी
श्री हेमराज भट्ट
श्री मदन पाठक
श्री पुरुषोत्तम ढकाल

सदस्य:
श्री कृष्ण कोइराला
श्रीमती टिका आन्ग्दम्बे
श्री एक राज पाण्डे
श्री रामेश्वर भण्डारी
श्री गोकुल ढकाल
श्री राम चन्द्र लामिछाने
श्री ज्ञानेन्द्र गुरुङ
श्री नबिन पोखरेल
श्री बलराम थापा
श्री तिलक कार्की

निर्णय न. १ विश्वव्यापी संकटको रुपमा देखा परेको नोबल कोरोना भाइरस (कोभिड-१९) संक्रमण र संकटका बीच दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको हितमा कार्या गर्ने गरि श्री पशुपतिनाथ फाउन्डेसन संयोजन रहने गरि श्री पशुपतिनाथ फाउन्डेसनका उपाध्यक्ष श्री रामबाबु पाण्डे संयोजक र श्री बिमल श्रेष्ठ सदस्य सचिव, श्री भिम ढकाल कोषाध्यक्ष रहने गरि सल्लाहाकार सहितको दक्षिण क्यालिफोर्निया नेपाली समुदाय कोभिड-१९ उद्धार समिति माथि उल्लेखित नाम रहेको गठन गरियो, (कार्यदलले ५ सदस्य पछि मनोनित गर्ने) ।

निर्णय न. २
प्रस्तावना अनुसार अमेरिकी केन्द्र सरकार सहयोग सुबिधाको लागि सल्लाहकार श्री राजेन्द्र सिवाकोटी,  खाध्य सुरक्षा संयोजक रामबाबु पाण्डे र सल्लाहकार हेमराज भट्टले ब्यबस्था गर्ने, संक्रिमित सुरक्षण उपाय मास्क सदस्य सचिव श्री बिमल श्रेष्ठ र सदस्य श्री तिलक कार्की, न्युयोर्क नेपाली समुदाय संक्रमित सहयोग, संयोजक रामबाबु पाण्डेले संयोजन गर्ने, सामाजिक सद्भाव र उत्साह, कार्यदल गठन गर्ने बृहद कार्ययोजना आगामी बैठक अप्रिल २, २०२० साँझ ५:३० बजेको कन्फरेन्स कल बैठकले गर्ने निर्णय गरियो ।

आज मिति २०२० अप्रिल १ शुभम ।

आज मिति अप्रिल ०२, २०२० गते श्री पशुपतिनाथ फाउन्डेसन अन्तर्गतको SPFU COVID-19 राहत समिति’ को कन्फरेन्स कल बैठक संयोजक रामबाबु पाण्डेको संयोजकको अध्यक्षतामा बस्यो। सो बैठकमा तपसिलमा उल्लेखित व्यक्तिहरुको सहभागिता भै तल उल्लेख भएका बिषयहरुमा निर्णय गरियो ।

उपस्थिति: –


प्रस्ताव
तथा निर्णयहरु

१) आर्थिक श्रोत जुटाउने:- श्री पशुपतिनाथ फाउन्डेसन अन्तर्गतको SPFU COVID-19 बाट साउदर्न क्यालिफोर्निया तथा अमेरिकामा रहेको नेपाली समुदायलाई आपद परेको अबस्थामा सहयोग पुर्याउनको लागि सबैलाई सक्दो सहयोग पुर्याउनको लागि अनुरोध गर्ने निर्णय गरियो। आजको बैठकमा तल उल्लेख गरिएका सहभागीबाट सहयोग गर्ने प्रतिबद्दता बमोजिम राहत कोषमा $ १३०५४.०० (तेह्र हजार चउन्न डलर) संकलन भएको छ।

सहयोग गर्न प्रतिबद्दता जनाउनेहरु:

सहयोग रकम संकलनको लागि फेसबुक (Facebook Accout)  शुरु गरि आर्थिक संकलनको कार्य जारी राख्ने समेत निर्णय गरियो।

२) बिभिन्न समितिहरु बनाउने सम्बन्धमा:- राहत कार्यलाई कानुनि रुपमा प्रभावकारी बनाउनको लागि तल उल्लेख गरिएका समितिहरुको निर्माण गर्ने निर्णय गरियो।

क) खाद्यान्न ब्यबस्थापन तथा आपतकालिन सहयोग:- हेमराज भट्ट, कृष्ण कोइराला,  नविन पोखरेल, लक्ष्मन अधिकारी, डिल्ली थापा, सुर्य प्रसाई, मदन पाठक, झमक निरौला, सिद्धार्थ सिलवाल, कोषराज थपलिया, दीपक पाठक, रामचन्द्र लामिछाने ।

संयोजक – कोषराज थपलिया

ख) जानकारी मुलक सामाग्री तयार समिति:- श्री वेद भक्त जोशी, ई. कन्हैया कायस्थ, डा.जित जोशी,  ऋषि ढकाल, डा. शम्भु ढुंगाना, भक्त थापा ।

ग)  केन्द्र, राज्य तथा अन्य निकायको सहयोग परामर्श समिति:- राजेन्द्र शिवाकोटी, लक्ष्मण घिमिरे , भुवन पौडेल , सुनिल पोखरेल, युवराज ओली ।

संयोजक – राजेन्द्र शिवाकोटी

घ ) व्यक्तिगत सुरक्षाका उपकरण (पी पी ):- गोकुल पौडेल,  बिमल श्रेष्ठ, रामबाबु पाण्डे, तिलक कार्की ।

संयोजक – तिलक कार्की

ङ्) स्वास्थ्य सम्बन्धि जानकारी तथा सहयोग:- टिका आन्ग्दम्बे, नर्सिङ्ग एसोसियसन साउदर्न क्यालिफोर्निया ।

संयोजक – टिका आन्ग्दम्बे

च ) आर्थिक सहायता संकलन तथा ब्यबस्थापन समिति:- भिम ढकाल, एकराज पाण्डे, मुकुन्द ढुंगाना, राजेश पाण्डे ।

संयोजक – भिम ढकाल

छ) तथ्याङ्क संकलन तथा अभिलेख:- भिम ढकाल, चक्रपाणी मिश्र, बलराम थापा, नेत्र मैनाली, एकदेव शर्मा|

संयोजक – बलराम थापा

ज ) प्रचार प्रसार:- प्रेम गुरागाई , रामेश्वर भण्डारी, पुरुषोतम ढकाल, अग्नि चौलागाई, गोकुल ढकाल, उपेन्द्र सापकोटा ।

संयोजक – पुरुषोतम ढकाल

३) खाद्यान्न स्टोर संचालन गर्ने सम्बन्धमा:- श्रीपशुपतिनाथ फाउनडेशनमा अत्यावश्यक पर्ने खाद्द्य सामाग्रीहरु खरिद गरेर जोगाड राख्ने र आबश्यकता अनुसार सो को वितरण अबस्था हेरी निशुल्क वा सहयोग शुल्क लिई  वितरण गर्ने छ । यसको खरिद र वितरण सम्बन्धि कार्य खाद्यान्न ब्यबस्थापन तथा आपतकालिन सहयोग समितिले गर्ने छ I  यसरी गरिएको सहयोगको ‘तथ्यांक संकलन तथा अभिलेख’ समितिले लागत राख्ने निर्णय गरियो।

४) व्यक्तिगत सुरक्षाका उपकरण (पीपीइ ) सम्बन्धमा:- हाल न्युयोर्कमा परेको संकटमा ज्वरो नाप्ने थर्मोमिटर, सेनिटाइजर, मास्क, पन्जा तथा टाइनालोल देखिएको हुँदा व्यक्तिगत सुरक्षाका उपकरण (पीपीइ) समितिले ज्वरो नाप्ने थर्मोमिटर, सेनिटाइजर, मास्क, पन्जा, टाइनालोल जस्ता अत्यावश्यक सामाग्रीहरुको खरिद गरि राख्ने।  यसरी खरिद गरिएको मध्यबाट तत्काल न्युयोर्कमा संयोजक रामबाबु पाण्डेले संयोजन गर्दै आधिकारिक संस्था मार्फत सहयोग पठाउने तथा साउदर्न क्यालिफोर्नियामा आबश्यकता अनुसार निशुल्क वा सहयोग शुल्क लिएर  अभिलेख राख्दै वितरण गर्ने निर्णय गरियो।

५) जानकारी मुलक सामाग्री तयार तथा प्रचार प्रसार:- फेडेरल सरकार, राज्य सरकार तथा स्थानिय सरकारबाट व्यक्ति तथा साना ब्यबसायलाई  उपलब्ध गरि सहयोग गर्ने र कुन व्यक्तिले के सहयोग लिंदा के हुन्छ भन्ने जस्ता सूचना उपलब्ध गरि सहयोग गर्ने निर्णय गरियो।

६) स्वास्थ्य सम्बन्धि जानकारी तथा सहयोग:- साउदर्न क्यालिफोर्नियामा रहेको नर्सिङ्ग एसोसियसन अफ साउदर्न क्यालिफोर्नियासंग समन्वय गर्दै नेपाली मुलका मानिसलाई स्वास्थ्य सम्बन्धि जानाकारी प्रदान गर्ने, नर्सिङ्ग एसोसियसन अफ साउदर्न क्यालिफोर्नियाले गर्ने स्वास्थ्य सम्बन्धि सहयोग कार्यक्रमलाइ सहयोग पुर्याउने निर्णय गरियो।

७) यस संकटको घडीमा संचालन गरिएको राहात कार्यलाई पारदर्शी बनाउनको लागि अभिलेख समितिले कहाँबाट के-कति सहयोग प्राप्त भयो, कुन ठाउमा खर्च भयो भनि अभिलेख राख्ने र सार्वजनिक गरिने निर्णय गरियो।

८) हटलाइन नम्बर संचालन :- साउदर्न क्यालिफोर्नियामा कसैलाई आपद परेको अबस्थामा सम्पर्क गर्नको लागि २४ घण्टा सम्पर्क हुन् सक्ने फोन नम्बर संचालन गर्ने, सम्पर्क व्यक्तिको लागि स्वत: फोन जाने गरि मिलाउने निर्णय गरियो। सम्पर्क व्यक्तिहरु माथि बिभिन्न समितिमा रहेका व्यक्तिहरुसंग सम्पर्क गरि राख्ने निर्णय गरियो।

आज मिति अप्रिल ०२, २०२० शुभम I

बिमल श्रेष्ठ

सचिव

श्री पशुपतिनाथ फाउन्डेसन, यु एस ए

SPFU COVID-19 राहत समिति