प्रेस बिज्ञप्ती

श्री पशुपतिनाथ फाउण्डेसन, यु एस ए को प्रेस बिज्ञप्ती

“नेपालीपन, नेपालीमन” जहाँ गए पनि छुट्दैन भन्ने कुरा लस एन्जलस तथा वरपर बस्ने नेपालीहरू बाट  प्रमाणित भएको छ । ई. सं. २०१० मा बिधीबत शुरु भएको श्री पशुपतिनाथ फाउण्डेसन, यु एस ए ले छोटो समयमानै जीरो बाट शुरु गरि अहिले दश लाख पचास हजार ($१,०५०,०००) अमेरिकन डलरमा आफ्नै घर र जग्गा किन्न सफल भएको छ ।

एक पेन्नी देखि लिएर $१११,१११.११ सम्म दान दिने दानीहरू भएको यस क्षेत्रमा फाउण्डेसनले अरु बिभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै प्रमुख नेपाली चाडपर्ब मनाउंदै आईरहेको छ । २००९ बाटनै चन्दा उठाउने क्रम शुरु भएर “महापुराण, २०११” मा फाउण्डेसनलाई दस लाख भन्दा बढी अमेरिकन डलरको “संकल्प” भएकोमा हालसम्म छ लाख भन्दा बढी अमेरिकन डलर नगद प्राप्त भैसकेको छ ।

महापुराण पछि फाउण्डेसनका अध्यक्ष श्री भक्त थापा को नेत्रित्वमा “घर तथा जग्गा” खोज्ने क्रम जारी रह्यो र धेरै ठाउँमा गएर हेरी, अनुसन्धान गर्ने क्रममा हालसालै नर्वाक, क्यालिफोर्नियामा रहेको चर्च $१,०५०,०००.०० मा किन्ने प्रक्रिया पुरा भएको छ । पटक, पटकको बोर्ड मीटिङले उचित ठानेर हालको चर्च किनियो जसका लागि आवश्यक पर्ने ग्यारेन्टरहरू बोर्ड मीटिङले निर्धारित गर्यो र वहाँहरू हुनुहुन्छ: अध्यक्ष भक्त थापा, प्रथम उपाध्यक्ष गोकुल पौड्याल, कोषाध्यक्ष पुन्नाखर “ऋषि” ढकाल, बोर्डका सदष्य एकराज “नारायण” पाण्डे (हाल सम्मका ठुला दानी जसले फाउण्डेसनलाई $१११,१११.११ दान गर्नु भएको छ) तथा अर्का ठुला दानी राम लामा (हाल सम्मका दोश्रा ठुला दानी जसले फाउण्डेसनलाई $६६,६६६.६६  दान गर्नु भएको छ ।”)

शुरुमा $५५०,०००.०० (पाँच लाख पचास हजार अमेरिकन डलर) नगद दिएर तिन बर्ष भित्रमा बाँकि $५००,०००.०० (पाँच लाख अमेरिकन डलर) बुझाउने शर्तमा फाउण्डेसनले १०८४३ र १०८५७ केनी स्ट्रीट, नर्वाक, क्यालिफोर्निया, ९०६५० का चर्च भएका घरहरू र जग्गा किनेको छ।

श्री पशुपतिनाथ फाउण्डेसन, यु एस ए को मिसन अनुसार : नेपाली सामुदायिक भवन, श्री पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपा बनाउने क्रमको यो पहिलो सुरुवात हो जुन ज्यादै हौशलापुर्ण रहेको छ ।

फाउण्डेसनलाई बिगतका दिनहरुमा हर तरहले सहयोग गर्नु हुने फाउण्डेसनका पदाधिकारीहरू,  बोर्ड मेम्बरहरू, बोर्ड सल्लाहकारहरू तथा वहाँका परिवारका सदस्यहरू, दाताहरु, स्थानिय नेपाली संघ संस्थाहरु, स्वयम्सेवकहरू, पत्रकार, मीडिया पार्टनर,आमा बुवा, दाजुभाई, दिदीबहिनीहरू लगायत सम्पुर्ण नेपाली तथा नेपाललाई माया गर्नुहुने सबैलाई हाम्रो तर्फबाट मुरी मुरी धन्यबाद दिन चाहन्छौं ।

यहाँहरूको माया, ममता, दानी भावना, उत्साह, सहयोगले यो कार्य पूरा हुन गएकोमा दुई मत छैन र आगामी दिनहरुमा पनि यस्तै सहयोग प्राप्त भईरहने छ भन्ने आशा राखेका छौं । साथै फाउण्डेसनले आयोजना गरेका बिभिन्न कार्यक्रमहरुमा पूर्ण सहयोग गर्नुहुने महान ब्यक्तित्वहरू प्रति हामी आभारी छौँ ।

तिन बर्ष भित्रमा बांकी रकम भुक्तान गर्नुपर्ने भएकाले यहाँहरुले आँफुले गरेको संकल्पको रकम सकेसम्म चाँडै उपलब्ध गराई अरुलाई पनि दान गर्न प्रोत्शाहन गर्नु हुनेछ भन्ने पूर्ण आशा राखेका छौं ।

यहाँहरू लाई कुनै प्रश्न सोध्नु छ वा कुनै सुझाब वा गुनासो भएमा फाउण्डेसनलाई जानकारी गराउनु होला । फाउण्डेसन तपाईँहरुकै संस्था भएकाले मनमा लागेका कुराहरूलाई हाम्रो समक्ष पुर्याईदिनु भयो भने भबिष्यमा अझ बढी सेवा गर्ने प्रण गर्दछौँ ।

नेपालीपन, नेपालीमन कहाँ भुल्न सक्नु,

केही गर्न सकिएन भन्दै निरास किन बन्नु,

मौका आज आएको छ, सक्ने सहयोग गरौँ,

नेपालीपन जोगाउन सबै अघि सरौं ।

~ प्रेम गुरागाईँ

महासचिव तथा मिडिया को-अर्डिनेटर

श्री पशुपतिनाथ फाउण्डेसन, यु एस ए

https://pashupatinathfoundation.org/

November 22, 2012